दफा १५
ईलेक्ट्रोम्याग्नेटिक फिल्डजन्य जोखिम तथा विद्युतीय फोहोरको सुरक्षित व्यवस्थापन
११.१५.१ सूचना तथा सञ्चार प्रविधि सम्बन्धित उपकरणको प्रयोगबाट सिर्जित फोहोरहरुको न्यूनीकरण तथा व्यवस्थापनको लागि विशेष कार्ययोजना निर्माण गरी लागु गरिनेछ ।

११.१५.२. दूर सञ्चार सम्बन्धी उपकरणबाट उत्सर्ग हुने विकिरणद्वारा हुने सम्भावित स्वास्थ्य जोखिम बारे जनचासो सम्‌बोधन गर्न विशेष कार्ययोजना बनाई लागु गरिनेछ ।